Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मुद्रण उद्योग संघ कास्कीले गर्‍यो कामदारको निःशुल्क बिमा


११, जेठ २०८१
  • 224
    SHARES
  • मुद्रण उद्योग संघ कास्कीले गर्‍यो कामदारको निःशुल्क बिमा

    पोखरा । मुद्रण उद्योग संघ कास्कीले बिहिबार एक कार्यक्रमका बिच मुद्रण व्यवसायमा आवद्ध कामदारहरुको निःशुल्क बिमा गराएको छ ।

    मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा निकालिएका नयाँ वर्ष २०८१ को वार्षिक टेवल क्यालेण्डर नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसाद तिवारीले सार्वजनिक गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष तिवारीले मुद्रण उद्योग व्यवसायमा राज्यले कुनै मुल्य र दररेट नतोक्दा पनि व्यवसायीहरु आफैमा प्रतिस्पर्धा हुँदा व्यवसाय नै धरासयमा पुगेको बताए ।

    “हामी हाम्रो उत्पादनको मुल्य आफै तोक्छौ, राज्य नै कुनै अंकुश लगाएको छैन तरपनि व्यवसाय सफल बन्न सकेको छैन र दुःखी बन्छौ । कारण हामी उचित मुल्य लिन सकेका छैनौ । हामी र हाम्रो व्यवसायलाई सफल बनाउन मुल्यमा प्रतिस्पर्धा होइन स्तरीय काममा ध्यान दिनुपर्छ र हामी बिचको हार्दिकतालाई अलि व्यापक बनाऔं ।” उनले भने ।

    राज्यका विभिन्न निकायहरुले मुद्रण व्यवासीहरुको घाटी थिच्ने काम गरेको आरोप लगाएका छन् । उनले राज्यका विभिन्न निकायले काम नदिने र जिटुजीको माध्यमबाट जाने गर्दा प्रत्यक्ष व्यवसायीहरु मारमा परेको बताए । उनले कुनैपनि हालतमा अब मुद्रण उद्योग महासंघ चुप लागेर नबस्ने जानकारी गराए ।

    अध्यक्ष तिवारीले जनक शिक्षाले राज्यबाट अरवौं रकम अनुदान लिए पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाए । “जन शिक्षाले हरेक वर्ष अरवौं रुपैयाँ अनुदान लिन्छ, सरकारी जमिनमा आवास र व्यवसाय सञ्चालन गरेको छ । सरकारबाटै तलब भत्ता खुवाउछ र घाटामा गयो भन्छ ।

    पहिलो चोटी होला अघिल्लो वर्ष ५० करोड जति नाफा भयो भनेर प्रतिवेदन बुझाएको जानकारी आएको थियो ।” उनले भने, व्यवसायीको दुश्मन राज्य बन्न खोजेको भन्दै राज्यले किताब, लेटर प्याड छापेर प्राइभेट व्यवसायीहरुलाई पलायन बनाउन खोज्यो । राज्यले सेक्युरिटी प्रेस सञ्चालन गर्ने हो, खुद्रा काम गर्ने होइन उनले भने ।

    मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश र कास्की जिल्लाले साधारण सभा अधिवेशन, विविध कार्यक्रम नियमित हुने गरेको र नयाँ–नयाँ कार्यक्रमको अभियान ल्याउनेमा अगुवाई गर्दै आएको जानकारी पाउँदा आफु खुसी रहेको बताउँदै केन्द्रीय अध्यक्ष तिवारीले प्रशंसा गरेका थिए ।

    त्यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले बिमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    प्रमुख शिव पौड्यालले बिमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भइ मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा  ५० हजार को लाभ लिन सकिने जानकारी गराए ।

    उनले कार्यक्रममा बोल्दै बिमा गर्नु खर्च नभई लगानी भएको जानकारी गराएका थिए । जीवन सहजीकरण, सुख दुखमा साथ दिने भनेको बिमा रहेको बताउदै उनले मानिसको अत्यावश्यक चिजहरु मध्ये बिमा पनि एक भएको उल्लेख गरे ।

    प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपाङ्ग हुँदा वा बिरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भएपनि मलम लगाउने काम बिमाले गर्ने बताए ।

    मुद्रण उद्योग संघ कास्की अध्यक्ष चिन्तामणी बास्तोलाले पोखरामा १ सय भन्दा बढी छापाखाना व्यवसायीहरु भएको र करिब ८ सय जना मजदुरहरु रहेको जानकारी गराउँदै जोखिम न्युनिकरणको लागि बिमा गरिएको जानकारी गराए ।

    उनले हाल १ सय १५ जनाको बिमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरुको निःशुल्क बिमा गराइने बताए । अध्यक्ष बास्तोलाका अनुसार बिमाको लागतमा ५० प्रतिशत व्यवसायीक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बिमा गरिएको बताए ।

    कार्यक्रममा मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष बसन्त बास्तोलाले स्वागत मन्तव्य, नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान उपाध्यक्ष पदम लाल श्रेष्ठले शुभकामना मन्तव्य र कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन बिमाकोे अनुभावका बारेमा जानकारी गराइएकी थिइन् । भने दुर्घटना बिमा संयोजक तथा मुद्रण उद्योग संघ कास्कीका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले बिमा सम्झौता पढेर सबैलाई सुनाएका थिए ।

    मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव पदम श्रेष्ठले सञ्चालन गरेका थिए ।

    WhatsApp Image 2024-05-23 at 18.33.31 (1).jpegWhatsApp Image 2024-05-23 at 18.33.32 (1).jpeg

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend