Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विद्यार्थीहरुका लागि संस्कारसम्बन्धी प्रशिक्षण सञ्चालन


११, जेठ २०८१
  • 119
    SHARES
  • विद्यार्थीहरुका लागि संस्कारसम्बन्धी प्रशिक्षण सञ्चालन

    काठमाडौँ । ‘मिसन स्माइल नेपाल’ले बाल संस्कार अध्ययन केन्द्रअन्तर्गत कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि संस्कारसम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ ।

    एक महिनादेखि हरेक साँझ बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा विभिन्न छ स्थानमा हुँदै आएको निःशुल्क प्रशिक्षण अझै दुई महिनासम्म चल्ने संस्थाकी अध्यक्ष जस्मिन ओझाले बताए ।

    चाबहिल, बौद्ध, बज्रनगर, सिमलटारलगायत स्थानका सार्वजनिक भवनमा प्रशिक्षण हुँदै आएको छ । संस्थाले कानुनी साक्षरतासम्बन्धी सचेतना जगाउने, विभिन्न समसामयिक विषयमा भेला, सम्मेलन, सचेतनाका साथै निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको छ ।

    हरेक दिन दुई घण्टा हुने प्रशिक्षण कक्षामा नैतिक र बौद्ध शिक्षा, ध्यान योग, नृत्य,  सङ्गीत, गणित, नेपाली भाषा, कला साहित्य, व्याकरण, विज्ञान विषय समावेश छन् ।

    विद्यार्थीलाई समाजसँग जोड्दै संस्कारी, कर्तव्यनिष्ठ र सामाजिक रूपमा सक्रिय बनाई क्षमता अभिवृद्धि गराउन प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend