कपिलवस्तु । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल लुम्बिनी प्रदेशको समीक्षा एवम् योजना बैठक सम्पन्न भएको छ।
यही ज्येष्ठ १८ र १९ कविलवस्तुको वाणगंगा बालापुर ओशो ध्यान केन्द्रमा विद्यार्थीहरुको व्यक्तित्व विकास तथा नेतृत्व विकास एवम् सर्वांगीण विकासको कार्ययोजना निर्माण गरिएको छ ।
उक्त बैठकको उद्घाटनमा परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, प्रदेश उपाध्यक्ष कमल कोइराला, प्रदेश सचिव मनिष बन्जाडे प्रमुख अतिधि ओशो ध्यान केन्द्रका सञ्चालक गुणानिधि भुसाल साथै लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रदेश उपाध्यक्ष कमल कोइरालाले बैठकको बारेमा संक्षिप्तमा वर्णन गर्नुभयो । त्यसपछि लगत्तै प्रदेश सचिव मनिष बन्जाडेले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभयो ।
राष्ट्रिय सह संगठन सचिव रमेश कंडेलले विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यार्थी परिषद निरन्तर लागिरहेको बताउनुभयो। विभिन्न सत्रमा समीक्षा एवं आगामी एक वर्षको कार्य योजना तय गर्दै समाप्त भएको थियो।