Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमति


२१, जेठ २०८१
  • 213
    SHARES
  • नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमति

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली क्याम्पसविच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ ।

    आइतबार भएको सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ डिभिजन इन्जिनियर मनीषा महर्जन र क्याम्पसको तर्फबाट इण्डष्ट्रियल इन्जिनियरिङ विभागका प्रमुख सुशान्तराज गिरीले हस्ताक्षर गर्नुभएको हो ।

    औद्योगिक प्रतिष्ठानमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्न नवप्रवर्तनको महत्वपूर्ण भूमिका रहने भएकाले उद्योगमा भएको नवप्रवर्तनको स्तर अध्ययन गर्न तथा उद्योगमा नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्न समझदारी गरिएको मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले बताउनुभएको छ ।

    सम्झौतामा हस्ताक्षर भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा अङ्कुरित विचार तथा आविष्कारले  राष्ट्रिय नीतिमा योगदान दिने शैक्षिक वातावरणको विकास गर्नुपर्ने बताउनुभयो । “यो सम्झौता प्रस्थान विन्दु हो ।

    अनुसन्धान, नवप्रवर्तन, व्यावसायिकता र उद्यमशीलतालाई उच्च शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गर्न ‘इन्डस्ट्री एकेडेमिया इन्टरफेस’ अनुरूप अघि बढ्ने हाम्रो नीति बजेटमै समावेश भइसकेको छ ।” मन्त्री श्रेष्ठले भन्नुभयो ।

    समझदारीअनुसार क्याम्पसले उद्योगमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावलीअनुसार नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।

    उक्त सर्वेक्षण कार्यक्रममा औद्योगिक इन्जिनियरिङ विषयमा कम्तीमा तेस्रो वर्षमा अध्ययनरत स्नातक तहका दश जना विद्यार्थीलाई खटाउनु पर्नेछ । क्याम्पसको विभागले मेरिटका आधारमा सर्वेक्षण कार्यमा खटिने विद्यार्थीको छनोट गरी मन्त्रालयमा जानकारी गराउनुपर्नेछ ।

    प्रत्येक विद्यार्थीले १२ वटा उद्योगको उद्योग स्थलमा गई नवप्रवर्तन सर्वेक्षण गर्नेछन् । सर्वेक्षण तथा प्रतिवेदनको समयावधि एक महिनाको हुनेछ ।

    सर्भेक्षणमा सहभागी हुने विद्यार्थीलाई सामान्य खाजा खर्च र सर्भेक्षण खर्च उपलब्ध गराउनेछ । सर्वेक्षणका लागि विभागले आफैँ उद्योगहरूको छनोट गर्न सक्नेछ । उद्योगहरूको सूची सर्वेक्षण गर्नुअगावै मन्त्रालयमा पेस गर्नुपर्नेछ । 

  • त्रिविमा परीक्षा सकिएको एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षा सम्पन्न भएको एक महिनाभित्रै

  • राजर्षिजनक विश्वविद्यालयको ५१ करोडको बजेट : नयाँ कार्यक्रमदेखि ‘पूर्ण डिजिटलाइजेशन’सम्म प्राथमिकता

    जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १७ लाख २

  • अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend