तुलसीपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, लुम्बिनी प्रदेश तुलसीपुर नगर इकाईद्वारा श्री माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा एक दिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यक्रम संयोजक शुभम देवकोटाको प्रमुख आतिथ्यता, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भरतनाथ योगि ,लुम्बिनी प्रदेश सचिव एवं स्वर्गद्वारी विभाग संगठन सचिव मनिष बन्जाडे ,विद्यार्थी परिषद् मावि सेन्टर संयोजक राजु विश्वकर्मा लगायत बाल क्लबका सदस्य एवं कक्षा १० मा अध्ययनरत ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा प्रहरी नायब उपरीक्षक भरतनाथ योगीले लागुऔषध दुब्र्येसनीमुक्त समाज निर्माणसम्बधी विषयमा प्रशिक्षण दिनुभएको थियो । भने सचिव मनिष बन्जाडेले उद्घोषण सम्बन्धी तालिम दिनुभयो ।
तालिममा क्याम्पस संयोजक राजु विश्वकर्माको स्वागत मन्तव्य,भुपालको नियन्त्रण एवं करुणा बस्नेतको परिषद् गितमा आवाज रहेको थियो ।