अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले स्थापित गरेको नगरप्रमुख छात्रवृत्ति वितरण तथा अक्षयकोषदाताद्वारा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम पाणिनि बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले क्याम्पसलाई आफनो पहिलो रोजाई रहेको बताए । शैक्षिक तथा भौतिक सुधारमा नगरपालिकाको तर्फबाट हरपल सहयोग रहने नगरप्रमुख श्रेष्ठले प्रतिबद्वता जाहेर गरे ।
क्याम्पसले उत्कृष्ठ नतिजा ल्याउन प्राध्यापक,उपप्राध्यापहरूको प्रमुख भुमिका रहेको बताँउदै नतिजा सुधार नभएमा क्याम्पसलाई टिकाई राख्न गारो हुने प्रमुख श्रेष्ठको भनाइ रहेको छ । सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आर्चायले शैक्षिक विकासको लागि कार्यालयको तर्फबाट सधै क्याम्पसको साथमा रहेको बताईन ।
क्याम्पस प्रमुख बुद्विराम भुसाल, नेपाल पत्रकार महाँसघका अध्यक्ष अशोक खनाल,अक्षयकोषदाताको तर्फबाट लिलाराम गौतम,स्ववियु सभापति लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रामलाल भुसालको सञ्चालन, क्याम्पस सहायक प्रमुख लक्ष्मण पोखरेलको स्वागत मन्तव्य र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खनाल मुस्कानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा खेलकुद, जेहेन्दार, उकृष्ठ नतिजा ल्याउने विधार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
