काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनमा भएका कामको उपलब्धी सार्वजनिक गर्नुभएको छ ।
मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री श्रेष्ठले शिक्षामा राजनीतिकरणको अन्त्य गरेर छोड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अहिलेसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको पनि स्पष्ट पार्नुभयो ।
यस्तै, आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
तीमध्ये चार जनाले सफाइ पाएको उहाँको भनाई छ । शिक्षा क्षेत्रको सुधारको लागि नीतिगत रुपमा नै काम सुरु गरिएको उहाँको भनाई छ ।