Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै


इ खबर
२३, मंसिर २०८२
  • 78
    SHARES
  • एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

    काठमाण्डौ – नेपाल प्रिमियर लिग, एनपीएल क्रिकेटको प्लेअफ आजदेखि शुरू हुँदैछ । पहिलो क्वालिफायरमा आज अंकतालिकाको शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछन् ।

    खेल दिउँसो ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको हो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।

    आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको खेल भोलि दिउँसो ४ बजे हुनेछ ।

    आज पराजित हुने टोलीले भोलिको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । भोलि इलिमिनेटरमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

    दोस्रो क्वालिफायर आउँदो बिहीवार हुनेछ । दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । एनपीएलका कुल ३२ मध्ये लिग चरणका १९ वटा खेल फ्लडलाइटमा भए । अबका ४ वटै खेल पनि फ्लडलाइटमा नै हुनेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend