Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल प्रिमियर लिग : काठमान्डुलाई ४ विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा


२४, मंसिर २०८२
  • 92
    SHARES
  • नेपाल प्रिमियर लिग : काठमान्डुलाई ४ विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा

    काठमाण्डौ – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

    आज भएको इलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै क्लालिफायरमा पुगेको हो । काठमान्डुले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ आभेर ४ बलमा ६ विकेट गुमाएर भेटायो ।

    लुम्बिनीका डी आर्सी सर्टले ३३, सन्दीप जोराले २३ र कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए । काठमान्डुका सन्तोष यादवले २, सन्नी पटेल, शाहब आलम, र राशिद खानले समान १ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अलआउट भयो । काठमान्डुका सन्तोष यादवले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३ विकेट लिए ।

    इलिमिनेटरमा जितेको लुम्बिनीले फाइनल प्रवेशका लागि भोलि दिउँसो ४ बजे दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ । आठ टोली सहभागी प्रतियोगितामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन् ।

    यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । दोस्रो संस्करणको एनपीएलको फाइनल आउँदो शनिवार हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend