Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल


२२, माघ २०८२
  • 83
    SHARES
  • टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल

    काठमाडौं – नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ। पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेको नेपालले अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो।

    नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो।

    यूएईलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलमा देखिएको छ। नेपाल दोस्रो अभ्यास खेलमा क्यानडामाथि जित निकाल्दै विश्वकपका लागि थप उर्जा बटुल्ने अभियानमा छ।

    नेपालले यसअघि विश्वकपको तयारी स्वरुप भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट-११ सँग दुई वटा अभ्यास खेल खेलेको थियो। त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल्दै भारत पुगेको हो।

    नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ।

    नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्नेछ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक क्रिकेट खेल्न लागेको हो। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने तालिका छ। नेपालको खेलको सबै टिकट बिक्री भइसकेको छ।

    नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको छ। यो नेपालको तेस्रो विश्वकप यात्रा हो।

    विश्वकपमा नेपाली टिम

    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम

    २०२६ को विश्वकपको समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेको छ।

    समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन्। सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ। त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन्।

    नेपाली टिमका कप्तान पौडेलले नेपालले विश्वकपमा शतप्रतिशत नतिजा दिनेगरी खेल्ने बताएका छन्।

  • अन्तिम ओभरमा रसेलको कमाल, विराटनगरसँग २ रनले हार्‍यो जनकपुर

    काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग

  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend