Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल


२९, माघ २०८२
  • 91
    SHARES
  • विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

    काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार (आज) इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

    नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको हो।

    भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ। अहिलेसम्म विश्वकपमा जितबिहीन नेपालले इटालीलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्य राखेको छ।

    नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।

    यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ। सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन्। विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन्।

    विश्वकपको समूह ‘सी’मा रहेको नेपालले इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गरेको हो। समूह सीमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन्।

    बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

    विश्वकपमा नेपाली टिम

    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

    इटाली क्रिकेट टिम कस्तो हो ?

    युरोपको भूमि इटाली फुटबलको गर्विलो इतिहाससँगै क्रिकेट इतिहास बनाइरहेको टिम हो। इटालीको फुटबल इतिहासले क्रिकेटलाई छायामा पारेको छ। २०२६ को क्रिकेट विश्वकपमा इटालीले डेब्यु गर्दैछ। तीन पटक विश्वकप खेलिसकेको नेपाल भन्दा इटाली नयाँ छ।

    यो विश्वकपमा नेपाल र इटाली दुवै टिमले पहिलो खेलमा हारको सामना गरेका छन्। नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित हुँदा इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको पराजय भोगेको छ। दुवै टिमका लागि दोस्रो खेल जित्नैपर्ने दबाब छ

    समूह सीमा वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड र इंग्ल्यान्ड समान दुई अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । अंकबिहीन नेपाल र इटाली चौथो र पाँचौं स्थानमा छन्। नेपालले समूहको तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ।

  • अन्तिम ओभरमा रसेलको कमाल, विराटनगरसँग २ रनले हार्‍यो जनकपुर

    काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग

  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend