Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रविधि र जनचेतनासँगै डढेलो नियन्त्रणमा अग्रसर डिभिजन वन कार्यालय अर्घाखाँची


२१, चैत २०८२
  • 430
    SHARES
  • प्रविधि र जनचेतनासँगै डढेलो नियन्त्रणमा अग्रसर डिभिजन वन कार्यालय अर्घाखाँची

    अर्घाखाँची l हरेक वर्ष डढेलोको चुनौती झेल्दै आएको अर्घाखाँचीमा यसपटक भने नियन्त्रणका लागि प्रविधि र जनचेतनालाई सँगै अघि बढाउने पहल गरिएको छ।

    डिभिजन वन कार्यालय अर्घाखाँचीले मिनी दमकलदेखि ड्रोन निगरानीसम्मका उपाय अपनाउँदै डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउने योजना अघि सारेको हो।

    जिल्ला आगलागीका घटना र धनजनको क्षतिका हिसाबले उच्च जोखिममा पर्दै आएको छ। यस अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन प्रमुख नारायण देव भट्टराईले जिल्लाको पहाडी भूगोलअनुसार उपयुक्त प्रविधि भित्र्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार यसले समयमै आगो नियन्त्रण गर्न महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

    वन क्षेत्रमा लाग्ने आगलागीको शीघ्र पहिचानका लागि कार्यालयले ड्रोन क्यामराबाट निगरानी सुरु गरिसकेको छ। आगलागी भएको स्थान पहिचान हुनासाथ तत्काल दमकल र अग्नि नियन्त्रण दस्ता परिचालन गरिने व्यवस्था मिलाइएको छ।

    कार्यालयले १० सदस्यीय अग्नि नियन्त्रण दस्ता तयारी अवस्थामा राखेको छ भने करिब तीन दर्जन सामुदायिक वनले पनि आफ्नै दस्ता परिचालन गरेका छन्। वन तथा बस्ती क्षेत्रमा हुने आगलागीबाट हुने क्षति न्यूनिकरण गर्न पोखरी निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ। यसबाट पानीको उपलब्धता बढाई आगो नियन्त्रणमा सहजता ल्याउने लक्ष्य राखिएको छ।

    डिभिजन वन कार्यालयका प्रवक्ता तथा वरिष्ठ वन अधिकृत केशव खड्काका अनुसार चैत महिनासँगै करिब चार सय सामुदायिक, सरकारी तथा बस्ती नजिकका वन क्षेत्रमा आगलागीको जोखिम उच्च हुने गर्दछ।

    सोही कारण २५ सय लिटर क्षमताको मिनी दमकल खरिद गरिएको उहाँले बताउनुभयो। पहाडी भूगोल र साँघुरा सडकका कारण ठूला दमकल पुग्न नसक्ने स्थानमा समेत मिनी दमकल सहज रूपमा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।

    जिल्लाका ६१ वडाभित्र रहेका एक हजारभन्दा बढी जोखिम क्षेत्रसम्म पुगेर प्रारम्भिक चरणमै आगो नियन्त्रण गर्न मिनी दमकल उपयोगी हुने अपेक्षा गरिएको छ। यसअघि सन्धिखर्क नगरपालिकाको एउटै दमकलले जिल्लाभर सेवा दिँदै आएको थियो, जसले गर्दा एकैपटक विभिन्न स्थानमा आगलागी हुँदा समयमै सेवा दिन कठिन हुने समस्या थियो।

    डिभिजन वन कार्यालयले जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। स्थानीय तहसँग सहकार्य गर्दै प्रचारप्रसार तथा निगरानी प्रणालीलाई सुदृढ बनाइएको छ।

    जनचेतना फैलाउन कार्यालयले डढेलो नियन्त्रणसम्बन्धी टिकटक प्रतियोगिता समेत आयोजना गरेको जनाएको छ। कार्यालयका अनुसार विगतमा डढेलोका कारण वन सम्पदा, जैविक विविधता, वन्यजन्तुको बासस्थान र मानव बस्तीमा ठूलो क्षति पुग्ने गरेको थियो। तर प्रविधिको प्रयोग र जनसहभागिता बढेसँगै आगामी दिनमा डढेलोका घटनामा कमी आउने अपेक्षा गरिएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend