Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीका समस्या प्रधानमन्त्रीसमक्ष सांसद भुसालको प्रभावकारी पहल


२४, चैत २०८२
  • 138
    SHARES
  • अर्घाखाँचीका समस्या प्रधानमन्त्रीसमक्ष सांसद भुसालको प्रभावकारी पहल

    काठमाडौं l अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य हरि प्रसाद भुसालले लुम्बिनी प्रदेशका सांसदहरूको टोलीसहित सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा जिल्लाका प्रमुख र ज्वलन्त समस्याहरू स्पष्ट रूपमा उठाएका छन् ।

    सीमित समयमै महत्वपूर्ण मुद्दाहरू प्रस्तुत गरेको उनको पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ। भेटका क्रममा भुसालले बाँदर र बदेलजस्ता वन्यजन्तुको बढ्दो आतंकका कारण गाउँहरू रित्तिँदै गएको गम्भीर अवस्था औंल्याए ।

    उनले यसले कृषि उत्पादनमा नकारात्मक असर पार्दै ग्रामीण जनजीवन संकटमा परेको उल्लेख गर्दै तत्काल समाधानका लागि प्रभावकारी सरकारी कदम आवश्यक रहेको बताए ।

    balen_lumbini-pradesh-samsad-1775519311.jpg

    यससँगै, अर्घाखाँचीमा अलपत्र परेका विकास योजनाहरू शीघ्र कार्यान्वयनमा लैजान उनले सरकारको ध्यानाकर्षण गराए । कृषिको व्यवसायीकरण, पर्यटकीय सम्भावनाको उपयोग, गाउँ–गाउँमा देखिएको खानेपानी अभाव, शिक्षा क्षेत्रको सुधार तथा जिल्ला अस्पतालको स्तरवृद्धि जस्ता विषयहरूलाई उनले प्राथमिकताका साथ प्रस्तुत गरे ।

    भुसालको यो पहल जनताका वास्तविक समस्या उठाउने जिम्मेवार प्रयासका रूपमा लिइएको छ । सरोकारवाला निकायहरूले उनले उठाएका विषयमा सरकारले चाँडै ठोस निर्णय लिने अपेक्षा व्यक्त गरेका छन् ।

    सांसद भुसालले जनअपेक्षाअनुसार सरकारले आवश्यक पहल गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend