Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा हैदराबादले राजस्थानलाई हरायो


१, वैशाख २०८३
  • 107
    SHARES
  • आईपीएल क्रिकेटमा हैदराबादले राजस्थानलाई हरायो

    काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ । 

    जारी आईपीएलमा राजस्थानले पाँच खेल खेल्दा यो पहिलो हार हो । हैदराबादले दिएको २१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटियो । 

    हैदराबादका लागि इशान किशनले ९१ रनको उत्कृष्ट इनिङ्स खेले । ४४ बलमा उनले ८ चौका र ६ छक्का प्रहार गरे । हाइनरिक क्लासेनले २६ बलमा ३ छक्का र १ चौकासहित ४० रन जोडे। 

    राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । बलिङतर्फ हैदराबादका प्रफुल हिङ्गे र साकिब हुसैनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । 

    २४ वर्षीय विदर्भका बलर हिङ्गेले पहिलो ओभरमै ३ विकेट लिएर १८ वर्षे उमेरमा नयाँ इतिहास बनाए । अर्का डेब्यु खेलाडी साकिब हुसैनले पनि सानदार बलिङ गर्दै ४ विकेट लिए । राजस्थानका लागि डोनाभान फरेराले अर्ध शतक बनाए । 

    ४४ बलमा उनले ७ चौका र ३ छक्कासहित ६९ रन जोडे। ५ खेलमा ३ हार र २ जितसहित हैदराबाद ४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने ५ वटै खेल खेलेको राजस्थान ४ खेलमा जित र १ खेलमा पराजित हुँदै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । 

    आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे चेन्नईमा सुरु हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend