Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा सुन चोरी प्रकरण: दुई पाकिस्तानी महिला पक्राउ, तीन जिल्लामा सक्रिय गिरोहको आशंका


२, वैशाख २०८३
  • 200
    SHARES
  • कपिलवस्तुमा सुन चोरी प्रकरण: दुई पाकिस्तानी महिला पक्राउ, तीन जिल्लामा सक्रिय गिरोहको आशंका

    कपिलवस्तु l कपिलवस्तुको शिवराज नगरपालिका-चन्द्रौटास्थित एक सुनचाँदी पसलमा चोरी गरेको आरोपमा दुई पाकिस्तानी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

    मंगलबार साँझ करिब ५:३० बजे सुरेन्द्र सुनचाँदी पसलबाट सुन किन्ने बहानामा गहना चोरी गरेर बाहिरिने क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार महिलाहरूले गहना हेर्ने बहानामा चोरी गरेको दृश्य पसलको सीसीटीभी फुटेजमा स्पष्ट देखिएको छ।

    चोरीपछि उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए। पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल खोजी गर्दा केही पर ती महिला फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

    सूचनापछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये कलसुम र सहबाना नामका महिलाको साथबाट पाकिस्तानको पासपोर्ट समेत बरामद भएको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले एकै दिन रूपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको खुलेको छ।

    नगद देखाएर वा गहना किन्ने बहानामा पसलमा प्रवेश गरी सुन चोरी गर्ने उनीहरूको शैली रहेको प्रहरीको भनाइ छ। प्रहरीले यो घटनामा संगठित गिरोहको संलग्नता हुन सक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको छ।

    पक्राउ परेका महिलाविरुद्ध चोरी तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend