Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

छत्रदेव गाउँपालिकाको नमुना पहल : अर्गानिक खेती, रोजगारी र उत्पादनमा उत्साहजनक वृद्धि


११, वैशाख २०८३
  • 470
    SHARES
  • छत्रदेव गाउँपालिकाको नमुना पहल : अर्गानिक खेती, रोजगारी र उत्पादनमा उत्साहजनक वृद्धि

    अर्घाखाँची । छत्रदेव गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै उदाहरणीय कार्यको थालनी गरेको छ । गाउँपालिकाले परशुरामेश्वर गुठी बल्कोटस्थित करिब २० रोपनी जग्गामा आफ्नै लगानीमा व्यावसायिक खेती सञ्चालन गर्दै आएको हो ।

    वडा नं. ४ को सेरिखोलामा अघिल्लो वर्षदेखि सुरु गरिएको यस अभियान अन्तर्गत सिजनअनुसार आलु र धान खेती हुँदै आएको छ । चालु सिजनमा आलु उत्पादन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाको यो पहलले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

    “पालिकाले सुरु गरेको काम सबैले अनुकरण गर्नुपर्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । गाउँपालिका उपाध्यक्ष मनि पन्थीले यस कार्यक्रमले स्थानीय किसानहरूलाई कृषि पेशातर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “पालिकाले आफैं खेती गर्न थालेपछि किसानहरूमा पनि कृषि कार्यप्रति उत्साह बढेको छ,” उहाँले उल्लेख गर्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालका अनुसार नेपाल कृषि प्रधान देश भएकाले स्थानीय विकासको आधार कृषि नै हुनसक्छ भन्ने विश्वासका साथ कार्यक्रम अघि बढाइएको हो ।

    यस वर्ष आलु खेती अर्गानिक विधिबाट गरिएको छ । स्थानीय मलखादको प्रयोगका कारण उत्पादन राम्रो भएको र माटोको उर्वराशक्ति दीर्घकालीन रूपमा जोगिने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    यसैबीच, गाउँपालिकाले सूचीकृत बेरोजगार महिला तथा पुरुषलाई खेती कार्यमा संलग्न गराउँदै रोजगारी सिर्जना गरेको छ । रोजगार संयोजक सन्तोष भुसालका अनुसार आलु खन्ने तथा व्यवस्थापन कार्यमा स्थानीय जनशक्ति प्रयोग गरिएको छ, जसले रोजगारीसँगै सीप विकासमा समेत टेवा पुर्याएको छ । हाल आलु खन्ने कार्य सुरु भइसकेको छ ।

    82edb75f-9356-451e-8124-70ced8aa6a82.jpg

    गाउँपालिकाले यस वर्ष करिब ६० क्विन्टल आलु उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ । गाउँपालिकाको यस पहलले स्थानीय तहबाटै कृषि क्रान्तिको सन्देश दिएको छ ।

    आधुनिक तथा अर्गानिक विधिमा आधारित खेतीले आत्मनिर्भरता मात्र नभई आर्थिक समृद्धितर्फ पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा गाउँपालिकाले उत्पादित आलु बिक्रीका लागि सूचना समेत जारी गरेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत खनालका अनुसार आलुको ग्रेडअनुसार थोक मूल्य प्रतिकिलो रु ३५ र खुद्रा मूल्य रु ५० निर्धारण गरिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend