Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग खेल्दै


१६, वैशाख २०८३
  • 76
    SHARES
  • विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग खेल्दै

    काठमाण्डौ - आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत घरेलु मैदानमा भइरहेको एक दिवसीय श्रृंखलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । 

    खेल काठमाण्डौको कीर्तिपुर रङ्गशालामा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ । लिग–टु अन्तर्गत यसअघि भएको पहिलो खेलमा शनिबार नेपालले युएईलाई ३७ रनले हराएको थियो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभर दुई बलमा १६३ रनमा अलआउट भएको थियो । 

    अस्ति सोमबार भएको खेलमा युएईले ओमानलाई २५ रनले हराएको थियो । यो शृङ्खलामा नेपाल, युएई र ओमान सहभागी छन् । नेपाल आठ टोली सहभागी लिग–टु मा २१ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । 

    ओमान २५ खेलमा २९ अङ्कसहित तेस्रो र युएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ । अहिले खेलिरहेका तीन वटै टोलीले एक आपसमा दुई÷दुई खेल खेल्नेछन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend