Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेश सरकारको ऐतिहासिक फड्को: आफ्नै प्रशासनिक केन्द्रबाट एकीकृत सेवा सुरु


२१, वैशाख २०८३
  • 115
    SHARES
  • लुम्बिनी प्रदेश सरकारको ऐतिहासिक फड्को: आफ्नै प्रशासनिक केन्द्रबाट एकीकृत सेवा सुरु

    देउखुरी । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव–निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गर्दै संघीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्दै प्रदेशको संस्थागत विकासमा यो ऐतिहासिक कदम भएको उल्लेख गर्नुभयो।

    मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर र सशक्त बनाउने लक्ष्यसहित निर्माण गरिएको प्रशासनिक केन्द्र प्रदेशबासीका लागि गौरवको विषय भएको बताउनुभयो। “सात प्रदेशमध्ये लुम्बिनी प्रदेश राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ, जसले प्रदेशलाई नयाँ उचाइमा पुर्याएको छ,” उहाँले भन्नुभयो। समयमै आयोजना सम्पन्न हुनु प्रदेश सरकारको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो।

    भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारकै लगानीमा निर्माण भएको भवनमा सबै मन्त्रालयहरूलाई एकै स्थानमा सारिएको जानकारी दिँदै यसलाई अन्य प्रदेशका लागि उदाहरणीय उपलब्धि भएको बताउनुभयो। राप्ती गाउँपालिका–३ मा मण्डला आकारमा निर्माण गरिएको प्रशासनिक केन्द्रमा अब मन्त्रालय, निर्देशनालय तथा विभिन्न विभागहरूले एकीकृत रूपमा सेवा प्रवाह सुरु गरेका छन्।

    2.jpg

    यसअघि छुट्टाछुट्टै स्थानबाट सञ्चालन हुँदै आएका स्वास्थ्य, कृषि, भूमि व्यवस्था तथा सहकारी, उद्योग, पर्यटन तथा यातायात लगायतका मन्त्रालयहरू अब एउटै परिसरमा केन्द्रित भएका छन्। प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार नयाँ भवनबाट सेवा सुरु हुनु संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने दिशामा ठूलो फड्को हो। सेवाग्राहीलाई सहज, छरितो र प्रभावकारी सेवा दिन यो केन्द्र महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। काठमाडौँस्थित शर्मा–सगुन जेभीले निर्माण सम्पन्न गरेको उक्त प्रशासनिक केन्द्र २०७९ मंसिर २८ गते ठेक्का सम्झौता भई सोही वर्ष फागुन ३ गते शिलान्यास गरिएको थियो।

    करिब ३ अर्ब ९ करोड रुपैयाँ लागतमा १७ बिघा १९ कट्ठा ४ धुर क्षेत्रफलमा फैलिएको यस केन्द्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय भवन निर्माण भएका छन्। विशेष संरचनामा बनेको ६ तले मुख्यमन्त्री कार्यालय भवनमा अन्डरग्राउन्ड पार्किङको सुविधा रहेको छ भने अन्य ९ वटा मन्त्रालय भवन पाँच तले छन्।

    सबै भवनमा लिफ्टको व्यवस्था गरिएको छ र आधुनिक पूर्वाधारसहित निर्माण गरिएको छ। नयाँ प्रशासनिक केन्द्र सञ्चालनमा आएसँगै प्रदेश सरकारको सेवा प्रवाह थप एकीकृत, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास लिइएको छ। साथै, यसले संघीयता कार्यान्वयनलाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा लुम्बिनी प्रदेशलाई अग्रस्थानमा स्थापित गरेको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend