Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मलेसियालाई हराउँदै एसियन गेम्स खेल्ने दाउमा नेपाल


१६, जेठ २०८३
  • 92
    SHARES
  • मलेसियालाई हराउँदै एसियन गेम्स खेल्ने दाउमा नेपाल

    काठमाडौं - मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल आज घरेलु टोली मलेसियासँग भिड्दै छ। 

    मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।

    नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो। मलेसिया भने समूह एको उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो। 

    नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्दै यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछ। आज हारे पनि नेपालले एसियाली खेलकुदमा स्थान बनाउन थप एक मौका पाउनेछ।

    त्यसका लागि नेपालले तेस्रो स्थानका लागि हुने खेलमा जित हासिल गर्नुपर्ने हुन्छ। तर नेपाली महिला टोली आज मलेसियालाई हराएर सिधै एसियाली खेलकुदका लागि छनोट हुन चाहन्छ। 

    यो छनोटबाट फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन्। समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले हराएको थियो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend