Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि


१८, जेठ २०८३
  • 77
    SHARES
  • गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि

    काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको हो ।

    गुजरातले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए । गुजरातका रशिद खानले २ विकेट लिए ।

    त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । गुजरातका वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए । बेङ्गलुरुका रसिक सलामले ३ तथा भुवनेश्वर कुमार र जोश हेजलवुडले समान २ विकेट लिए ।

    योसँगै बेङ्गलुरुले लगातार दुई पटक आईपीएलको उपाधि जितेको छ । गुजरातले भने सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend