Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदै


२५, असार २०८३
  • 126
    SHARES
  • फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदै

    काठमाण्डौ - फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन् ।

    क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो क्वाटरफाइनलमा आज राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा खेलेका थिए ।

    त्यस खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो क्वाटरफाइनलमा पर्सि राति पौने १ बजे स्पेन र बेल्जियम खेल्नेछन् ।

    सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनल खेल खेल्न लागेको हो । स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ ।

    बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो । तेस्रो क्वाटरफाइनलमा पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति पौने ३ बजे खेल हुनेछ । पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इङ्ग्ल्यान्डको सामना गर्नेछ ।

    २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इङ्ग्ल्यान्डले भने त्यसयता फाइनलसमेत पुग्न सकेको छैन । अन्तिम क्वाटरफाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आउँदो आइतबार बिहान पौने ७ बजे खेल हुनेछ ।

    साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । १९औँ पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ । स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

  • अन्तिम ओभरमा रसेलको कमाल, विराटनगरसँग २ रनले हार्‍यो जनकपुर

    काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग

  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend