Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पल्सर स्पोर्टस् अवार्ड : चार विधाका मनोनयन सार्वजनिक


१४, भदौ २०८३
  • 150
    SHARES
  • पल्सर स्पोर्टस् अवार्ड : चार विधाका मनोनयन सार्वजनिक

    काठमाडौँ - नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०८२ का चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ।

    एनएसजेएफको खेलाडी छनोट समितिले आज वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा पाँचपाँचजनाको नाम सार्वजनिक गरेको हो।

    वर्ष पुरुष खेलाडीको मनोनयनमा नेपाली पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य रहेका छन्।

    यसैगरी वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, करातेकी एरिका गुरुङ, सविना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका छन्।

    वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनीषाकुमारी बोहरा तथा बुद्धिचालका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव परेका छन्।

    वर्ष प्रशिक्षकतर्फको मनोनयनमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्री समावेश भएका छन्।

    तेइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड यही भदौ १८ गते यहाँ आयोजना हुँदै छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend