Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोरला नाकाबाट आएका सामान बाटोमै अलपत्र, ५०० कन्टेनर र सयौँ विद्युतीय सवारीसाधन रोकिए


२१, असोज २०८३
  • 87
    SHARES
  • कोरला नाकाबाट आएका सामान बाटोमै अलपत्र, ५०० कन्टेनर र सयौँ विद्युतीय सवारीसाधन रोकिए

    मुस्ताङ । दसैँ–तिहारलाई लक्षित गरी चीनबाट कोरलानाका हुँदै नेपाल भित्रिएका करोडौँ मूल्यका मालवस्तु गन्तव्यसम्म पुग्न नपाउँदा व्यापारीदेखि उपभोक्तासम्म प्रभावित भएका छन् । बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सय कन्टेनर लामो समयदेखि सडकमा रोकिएका छन् ।

    असोज ८ देखि ११ गतेसम्म भएको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि कन्टेनरहरू मुस्ताङका विभिन्न स्थानमा रोकिएका हुन् । म्याग्दीको पोखरेबगर, कुनौटे, बैसरीलगायतका स्थानमा सडक क्षतिग्रस्त भएपछि अहिले मर्मतको काम भइरहेको छ ।

    सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन् । सडक अवरुद्ध हुँदा ७० भन्दा बढी कन्टेनर तथा एक सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमै रोकिएका छन् ।

    यता बेनी–जोमसोम सडक अवरुद्ध रहे पनि कोरलानाकाबाट केही मालवस्तु बोकेका कन्टेनर भने जोमसोमसम्म ल्याइएको छ । कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार क्षेत्रमा रोकिएका केही कन्टेनर जोमसोम ल्याउन सम्भव भएको हो ।

    यसअघि बाढीपहिरोका कारण कोरला नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट आयात गरिएका सामानको भन्सार जाँचपाससमेत प्रभावित भएको थियो । भन्सार प्रक्रिया पूरा हुन नसक्दा सयौँ कन्टेनर नाकामै थन्किएका थिए ।

    भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत्का पोलमा क्षति पुगेपछि मुस्ताङमा एक सातासम्म केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन तथा इन्टरनेट सेवा प्रभावित भएको थियो । विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा सञ्चालनमा समेत समस्या भएको थियो ।

    कोरलानाकामै रोकिएका कन्टेनरका चालक गोविन्द गुरुङका अनुसार कोरलानाका हुँदै आयात गरिएका करिब तीन सय कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासका लागि रोकिएका छन् ।

    दसैँ–तिहारको मुख्य व्यापारिक सिजनमै आयातित सामान गन्तव्यसम्म पुग्न नसक्दा यसको प्रत्यक्ष असर व्यापारी र उपभोक्तामाथि परेको छ । चाडपर्वका लागि चीनबाट ल्याइएका कपडा, विद्युतीय सामग्री तथा अन्य उपभोग्य वस्तु समयमै बजारमा पुग्न नसक्दा व्यापारीले आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था देखिएको छ ।

    सामान ढुवानीमा आएको अवरोधले उपभोक्ताले समेत आफूले खोजेको सामग्री समयमै खरिद गर्न नपाउने अवस्था सिर्जना भएको छ । चाडपर्वको समयमा बजारमा माग बढ्ने भए पनि आपूर्ति शृङ्खला अवरुद्ध हुँदा नेपाली बजारको व्यापारिक गतिविधि प्रभावित भएको छ ।

    सडक, विद्युत् र सञ्चार पूर्वाधारमा एकैपटक आएको अवरोधले चीनसँगको उत्तरी व्यापारिक नाका कोरला हुँदै हुने आयात–निर्यातमा समेत चुनौती थपिएको छ । त्यसैले सडकलाई तत्काल पूर्णरूपमा सञ्चालनमा ल्याउनुका साथै नाका क्षेत्रमा भन्सार, विद्युत्, सञ्चार र ढुवानी सेवा नियमित बनाउनुपर्ने देखिएको छ ।

  • लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने

    दाङ । लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै

  • चितवन निकुञ्ज घुम्न अब घरबाटै टिकट, सौराहाबाट सुरु भयो ई–टिकटिङ सेवा

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरमै बसेर अनलाइनमार्फत प्रवेश टिकट काट्न

  • पोखरा महानगरमा कांग्रेसको संस्थापन इतर पक्षको नेतृत्वमा मिलनप्रसाद तिवारी

    कास्की । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पोखरा महानगरको सभापतिमा मिलनप्रसाद तिवारीलाई चयन गरेको छ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend