Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्वोच्चको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट अन्योलमा


२१, असोज २०८३
  • 67
    SHARES
  • सर्वोच्चको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट अन्योलमा

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतको अन्तरिम आदेशपछि बजेट प्रक्रिया अन्योलमा परेको छ।

    सर्वोच्च अदालतले अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटसम्बन्धी विवादमा कारण देखाउ आदेशसँगै अन्तरिम आदेश जारी गर्दै उक्त बजेटसम्बन्धी प्रक्रिया अघि नबढाउन आदेश दिएको हो।

    अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो।

    सर्वोच्चको आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटसम्बन्धी प्रक्रिया अगाडि नबढाउन भनिएको छ।

    यसअघि प्रदेश सरकारले आज साँझ ५ बजे प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको थियो। बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको थियो। तर, त्यही समयमा सर्वोच्चको आदेश आएपछि सरकारको बजेट प्रस्तुत गर्ने तयारी प्रभावित भएको हो।

    बजेट शून्यताको अवस्था लम्बिँदै गएपछि सुदूरपश्चिम सरकारमाथि चालु आर्थिक वर्षको बजेट ल्याउन दबाब बढेको थियो। सरकारले बजेट प्रस्तुत गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याए पनि सर्वोच्चको अन्तरिम आदेशपछि अब प्रदेशको बजेट प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय थप जटिल बनेको छ।

    सर्वोच्चको आदेशसँगै प्रदेश सरकारको आगामी कदम र प्रदेशसभामा बजेट प्रस्तुत गर्ने वा नगर्ने विषयमा अन्योल सिर्जना भएको छ।

  • लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने

    दाङ । लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै

  • चितवन निकुञ्ज घुम्न अब घरबाटै टिकट, सौराहाबाट सुरु भयो ई–टिकटिङ सेवा

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरमै बसेर अनलाइनमार्फत प्रवेश टिकट काट्न

  • पोखरा महानगरमा कांग्रेसको संस्थापन इतर पक्षको नेतृत्वमा मिलनप्रसाद तिवारी

    कास्की । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पोखरा महानगरको सभापतिमा मिलनप्रसाद तिवारीलाई चयन गरेको छ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend