Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गोर्खा वारियर्सलाई बेलायतमा प्रिमियर गरिने


९, जेठ २०८०
  • 196
    SHARES
  • गोर्खा वारियर्सलाई बेलायतमा प्रिमियर गरिने

    काठमाडौं । नेपाली फिल्म गोर्खा वारियर्सलाई बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा रेडकार्पेट प्रिमियर गरिने भएको छ । उक्त फिल्मको टिमले  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २४ (१० सेप्टेम्बर) मा फिल्मलाई प्रिमियर गर्न लागिएको जानकारी दिए ।

    सेप्टेम्बरमै फिल्मलाई हङकङ र सिंगापुरमा समेत प्रिमियर गर्न लागिएको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । सेप्टेम्बरलाई ‘प्रिमियर मन्थ’को रुपमा मनाइने योजना रहेको बताउदै लण्डनको लिसेस्ट स्क्वायर स्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटी लगायतलाई निम्तो दिइएको चाम्सले बताए ।

    ‘फिल्ममा रितेश चाम्सको शीर्ष भूमिका छ भने अन्य कलाकारहरुमा विजय लामा, रेविका गुरुङ लगायतले अभिनय गरेका छन् । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माण भएको हो । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend