काठमाडौं । यही जेठ १२ गते शुक्रबारबाट रिलिज हुने फिल्म "हुक्कास् एन एब्सर्ड ड्रिम" ले फिल्म हेर्न आउने दर्शकका लागी "वाच एण्ड वीन"अफर ल्याएको छ । फिल्म युनिटले पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चरसँग सहकार्य गरी वाच एण्ड वीन अफर ल्याएको हो । यो अफरमा खल्तीले डिजिटल टिकेटिङमा सहकार्य गरेको छ ।
स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गरेर निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन रहेको छ । फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै फिल्म "हुक्का"हेर्न आउनी दर्शकका लागी प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
त्यस्तै फिल्म हेरेपछि ह्याजट्याज नेपाली मुभी हुक्का १२ लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्विङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउने फिल्म युनिट टिमले जनाएको छ । त्यो सुविधा लिन दर्शकले फिल्मको टिकट सुरक्षित राख्नुपर्नेछ। यो सुविधा असोज २८ गतेसम्म कायम रहने छ ।
फिल्ममा सन्तोषकुमार आत्रेयको कथा र सन्तोष र भगवान पौडेलको पटकथा रहेको छ। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछन्।