रोल्पा । रोल्पा आईटीएफ तेक्वान्दो संघ रोल्पाको चौथो अधिवेशन परिवर्तन गाउँपालिकामा हुने भएको छ। परिवर्तन गाउँपालिका–२,वडा कार्यालयको सहयोग र रोल्पा आईटीएफ तेक्वान्दो संघ रोल्पाको आयोजनामा परिवर्तन गाउँपालिकाको राङ्सीमा अधिवेसन मंगलबार हुने भएको हो ।
रोल्पा जिल्लामा भएका विभिन्न पालिकामा भएका आईटीएफ तेक्वान्दो संघमा आवद्ध सदस्यहरुलाई उपस्थितका लागी अनुरोध गरिएको रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाँठा मगरले जानकारी दिए । साथै चौथो अधिवेशनबाट नयाँ नेतृत्व र केही गर्न सक्छु भन्ने क्षमतावान व्यक्तिहरु आउने बाँठा मगरको भनाइ छ।
अधिवेशन हरेक दुई बर्षमा हुने व्यवस्था छ सोही अनुरुप चौथो अधिवेशनको तयारीमा लागेको मगरले बताए ।