Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोल्पा आईटीएफ तेक्वान्दो संघको चौथो अधिवेशन सम्पन्न


२४, जेठ २०८०
  • 144
    SHARES
  • रोल्पा आईटीएफ तेक्वान्दो संघको चौथो अधिवेशन सम्पन्न

    रोल्पा।चौथो रोल्पा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता तथा रोल्पा आईटीएफ तेक्वान्दो संघको चौथो अधिबेशन परिवर्तन गाउँपालिका-२ राङ्सीको पोखरामा सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता परिवर्तन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरि प्रसाद बुढामगर र शिक्षक महासंघ रोल्पाका अध्यक्ष भिम प्रकाश पुनको विशिष्ट आतिथ्यता लगायत जनप्रतिनिधि ,राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,समाजसेवी खेलाडीहरुको उपस्थितिमा सम्पन्न भएको हो।

    जसमा क्रमशः प्रथम द मुन एकेडेमी परिवर्तन गाउँपालिका-२ राङ्सी,दोस्रो माइस्थान तेक्वान्दो डोजाङ परिवर्तन गाउँपालिका-४ पाछाबाङ र
    तेस्रो जायाचौर आईटीएफ तेक्वान्दो डोजाङ गंगादेव गाउँपालिका-७ राँक भएको छ। त्यसै गरी रोल्पा आईटीएफ तेक्वान्दो संघको चौथो अधिवेशनबाट कृष्ण प्रसाद बाँठा मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अनिल परियार,सचिवमा हेमराज डाँगी,सह-सचिवमा दिपेन्द्र घर्ती मगर,कोषाध्यक्षमा मनिशा बाँठा मगर चयन भएका छन् । 

    आईटीएफ तेक्वान्दो संघको विधान बमोजिम र जिल्ला संघ गठन व्यवस्थाको उपधारा ३ को २ बमोजिम निर्वाचित भई बाँकी रहेको पदाधिकारी तथा सदस्यहरु आईटीएफ तेक्वान्दो खेलमा सहयोग पु¥याएका वा पु¥याउन सक्ने व्यक्तिहरु मध्यबाट उपाध्यक्ष १,अध्यक्षको प्रस्तावमा र बाँकी सदस्यहरु जिल्ला संघको कार्यसमितिले मनोनीत गर्ने बाँठा मगरले जानकारी दिए । आईटीएफ तेक्वान्दो संघ रोल्पाको प्रमुख प्रशिक्षकमा तिलक बुढा मगरलाई मनोनीत समेत गरिएको  छ । 

    332.jpg
    11.jpg

  • अन्तिम ओभरमा रसेलको कमाल, विराटनगरसँग २ रनले हार्‍यो जनकपुर

    काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग

  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend