Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘ए’ डिभिजन लिगको अन्त्यसँगै चार खेलाडीले लिए सन्यास


२८, जेठ २०८०
  • 114
    SHARES
  • ‘ए’ डिभिजन लिगको अन्त्यसँगै चार खेलाडीले लिए सन्यास

    काठमाण्डौँ । यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको समापनसँगै चार खेलाडीले फुटबलबाट औपचारिक रुपमा सन्यासको घोषणा गरेका छन् । नेपाल पुलिस क्लबका जुमानु राई र भोलानाथ सिलवालसँगै थ्री स्टार क्लबका कप्तान विक्रम लामा र त्रिभुवन आर्मी फुटबल क्लबका दीपक गुरुङले सन्यासको घोषणा गरेका हुन् ।

    विभागीय टोलीबाट करिब १३ वर्ष खेल्दा जुमानुले पुलिसलाई दुई पटक ‘ए’ डिभिजन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । पुलिसले सन् २०११ मा लिग जित्दा २१ गोल गरेका जुमानु सर्वाधिक गोल गर्ने खेलाडी थिए । त्यसअघि २०१० मा पनि पुलिसले लिग जित्दा जुमानु टिमका महत्वपूर्ण सदस्य थिए । सन् २००६ देखि २०१५ सम्म राष्ट्रिय टिमबाट खेल्दा जुमानुले ११ अन्तर्राष्ट्रिय गोल गरे ।

    त्यसैगरी, सन्यास लिएका डिफेन्डर भोला पनि पुलिसले पछिल्ला दुई पटक लिगको उपाधि जित्दा महत्वपूर्ण सदस्य थिए । उनी सन् २००५ देखि नै पुलिस क्लबमा आवद्ध थिए । सन् २००८ बाट राष्ट्रिय टिमबाट खेलेका भोलाले २६ खेलमा २ गोल गरे ।

    यता फुटबलबाट सन्यास लिएका अर्का खेलाडी विक्रम लामा पनि सन् २०१२(१३ मा थ्री स्टारले ‘ए’ डिभिजनको उपाधि जित्दाका महत्वपूर्ण सदस्य हुन् । कप्तानको रुपमा थ्री स्टारलाई यस सिजनको लिगमा रेलिगेसनबाट जोगाएका मिडफिल्डर विक्रम सन् २०११ देखि नै थ्री स्टारमा आवद्ध थिए । सन् २०१३ मा राष्ट्रिय टिमबाट खेल्न थालेका विक्रमले नेपालका लागि ३१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

    यता लिगको अन्त्यसँगै आर्मीका डिफेन्डर दीपक गुरुङले पनि सन्यास लिएका हुन् । उनले लिगको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध कप्तानी समेत गरेका थिए । आर्मी यस सिजनको लिगमा सातौ भएको छ । राष्ट्रिय टिममा परे पनि दीपकले भने खेल्न भने पाएनन् ।

  • अन्तिम ओभरमा रसेलको कमाल, विराटनगरसँग २ रनले हार्‍यो जनकपुर

    काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग

  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend