Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालको कसिलो बलिङ


३०, जेठ २०८०
  • 127
    SHARES
  • नेपालको कसिलो बलिङ

    काठमाण्डौँ । मंगलबारबाट हङकङमा शुरू भएको एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी २० क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको सामना गरिरहेको छ। पाकिस्तान ‘ए’विरुद्ध टस जितेर पहिले बलिङ गरेको नेपालले राम्रो बलिङ गरेपनि वर्षाका कारण खेल रोकिएको छ।

    १५ ओभरको समाप्तीमा नेपालले पाकिस्तानको ७ विकेट लिएको छ। पाकिस्तान ६५ रन बनाएर खेलिरहेको छ। पाकिस्तानी ब्याटरविरुद्ध सुरुवातबाटै राम्रो बलिङ गरेको नेपालका लागि कविता जोशी र सीता रानामगरले समान २–२ विकेट लिदाँ इन्दु बर्माले १ विकेट लिएकी थिइन्।

    पाकिस्तानका लागि ओपनर शवाल जुलफिकरले २८ रन बनाउनु बाहेक अन्य ब्याटरले भने गतिलो प्रदर्शन गर्न सकेका छैनन्। सदाफ खानको १२ र गुल फेरोजाको ११ रन थप दोहोरो स्कोरका रुपमा रहेको छ। तुवा हसन शून्य तथा कप्तान फतिमा सना ३ रनमा अविजित रहँदा वर्षा शुरू भएपछि खेल स्थगित हुन पुगेको हो।

    नेपाल पाकिस्तानलाई पराजित गर्दै सुखद सुरुवातको प्रतिक्षामा रहेको छ। प्रतियोगितामा नेपाल थाइल्यान्डले सहभागिता नजाउने भएपछि अवसर पाएर हङकङ पुगेको थियो। थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिँदा नेपालले अवसर पाएको हो। यो प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो।

    प्रतियोगितामा नेपाललले आफ्नो समूहमा हङकङ, भारत र पाकिस्तानका सामना गर्नेछ। दोस्रो खेलमा नेपालले १५ जुनमा भारतसँग खेल्दा १७ जुनमा घरेलु टोली हङकङको सामना गर्नेछ। प्रतियोगिताको अर्को समूहमा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन्। प्रतियोगिता दुबै समूहबाट शीर्ष दुई–दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।

  • अन्तिम ओभरमा रसेलको कमाल, विराटनगरसँग २ रनले हार्‍यो जनकपुर

    काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग

  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend