Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

४० करोडको अन्तर्राष्ट्रिय क्रिकेट मैदान रुपन्देहीमा शिलान्यास


३०, जेठ २०८०
  • 222
    SHARES
  • ४० करोडको अन्तर्राष्ट्रिय क्रिकेट मैदान रुपन्देहीमा शिलान्यास

    बुटवल । ईन्जिनियरिङ विषयको परीक्षा छोडेर क्रिकेट हेर्न जाने बिनोद कुँवरलाई धेरैले पागल भनेर टिप्पणी गर्थे । नेपालको अन्तराष्ट्रिय प्रतियोगिता हेर्नका लागि उनले आफ्नो भविष्य नै दाउमा राखेर मैदानमा पुग्दथे । 

    उनको यो पागलपनले अहिले एउटा आकार दिन लागेको छ । उनी क्रिकेट प्रतिको त्यही पागलपनकै कारण रुपन्देहीमा एकल लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणमा जुटेका छन् । एकल लगानीमा बन्न लागेको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सोमबार शिलान्यास गरिएको छ । गुल्मी जन्मथलो रहेका कुँवरले यसमा सबै लगानी ९४० करोड रुपियाँ० एक्लै लगानी गर्ने छन् । 

    अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना अनुरुप सोमबार तिलोत्तमा नगरपालिका १७ दरखसवामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’को शिलान्यास गरिएको हो । सो मैदानको एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सचिव प्रशान्तविक्रम मल्ल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन लगायतले संयुक्त रुपमा शिलान्यास गरे । 

    पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक कुँवरले बताए । धेरैले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्दा उनलाई फेरि पनि पागलपनकै उपमा आएको छ । उनले भने –हिजो परीक्षा छोडेर क्रिकेट हेर्न जांदा पागल भन्ने हरु त थिए नै अहिले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउँछु भनेर भन्दा पनि केही मान्छेहरुले पागलै भनेका छन् । 

    ुत्यसैले मैले धेरै प्रचार नगरी काम अघि बढाएको छु ।ु उनले थपे समाजमा केही गर्छु भन्नेलाई हौसला दिनुको सट्टा नकारात्मक टिप्पणी र आलोचनाहरु बढी आउने गरेको छ । तर मैले त्यस्ता कुरालाई ध्यानै नदिएर लक्ष्य प्राप्तिमा लागेको छुु । क्रिकेटको अति नै मोह भएका कारण यहाँ यो प्रोजेक्ट बनाउने योजना बनाएँ दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया थालेर, आठ दिनदेखि मैदान सम्माउने काम भएको हो, यसलाइ साकार रुप दिन सबैको साथ आवश्यक छ ।

  • अन्तिम ओभरमा रसेलको कमाल, विराटनगरसँग २ रनले हार्‍यो जनकपुर

    काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग

  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend