Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एसइई ग्रेड वृद्धिका लागि गुल्मीबाट दुई हजार ७ सय परीक्षार्थी सहभागी हुने


१०, साउन २०८१
  • 206
    SHARES
  • एसइई ग्रेड वृद्धिका लागि गुल्मीबाट दुई हजार ७ सय परीक्षार्थी सहभागी हुने

    गुल्मी । यहि साउन २३ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा एसइईको ग्रेड वृद्धि परीक्षामा गुल्मी जिल्लाबाट करिब दुइ हजार ७ जना परीक्षार्थी सहभागी हुने भएका छन।

    शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले दिनुभएको जानकारी अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा गुल्मी जिल्लाका १ सय ३८ विद्यालयका दुइ हजार ६ सय ६३ जना परीक्षार्थी सहभागी हुने भएका छन। 

    परीक्षा कार्यक्रमलाइ ब्यबस्थित र मर्यादित ढंगले संचालन गर्न सदरमुकाम तम्घास र सदरमुकाम बाहिर गरि चार वटा विधालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख मरासिनीले जानकारी गराउनु भयो।

    एकाइ प्रमुख मरासिनीका अनुसार जिल्लामा परीक्षा केन्द्र तोकिएका चार विद्यालयमा रेसुङ्गा नगरपालिकाको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दुई वटा परीक्षा केन्द्र,तम्घासकै महेन्द्र माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालयमा दुई वटा केन्द्र र रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित रिडी माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।

    रिडी माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट बाइस विद्यालयका ३ सय ९३ जना परीक्षार्थी,सिद्धबाबा माध्यमिक विद्यालयमा रहेका दुई परीक्षा केन्द्रमा ५५ विद्यालयका ८ सय ५१ जना परीक्षार्थी सहभागी हुने जानकारी प्रमुख मरासिनीले दिनु भयो ।

    यसैगरी महेन्द्र माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा १४ विद्यालयका ५ सय ५४ जना र रेसुङ्गा माध्यमिक विद्यालयमा रहेका दुई परीक्षा केन्द्रबाट ४७ विद्यालयका ८ सय ६५ परीक्षार्थी सहभागी हुने कार्यालयले जनाएको छ।

    ग्रेड वृद्धि परीक्षामा सबैभन्दा बढी परीक्षार्थी गणित विषयमा विधार्थी सहभागी हुने उहाँले बताउनुभयो।

    गणित विषयको ग्रेडवृद्धिका लागि दुई हजार १ सय १९ जना,विज्ञान विषयको ग्रेडवृद्धिका लागि एक हजार ९ सय १९ जना र अङ्ग्रेजी विषयको ग्रेडवृद्धिका लागि ८ सय ८१ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend