काठमाडौँ । पछिल्लो नियुक्तिबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् ।
२०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए । त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए ।
कार्यकारी निर्देशकमा नियुक्ति भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र आफूबिच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको घिसिङले बताए ।
प्रगति विवरणसहित हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस :
NEA-MD-three-Years-Review_2081_04_24.pdf :To download file click here