Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

देश नै बेचिएपनि काठमाडौँ महानगर बेचिने छैन : मेयर बालेन


३०, कात्तिक २०८१
  • 106
    SHARES
  • देश नै बेचिएपनि काठमाडौँ महानगर बेचिने छैन : मेयर बालेन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बाहलेले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् ।

    सङ्घीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मले यस कार्यमा अवरोध सृजना गरेको उनको आरोप छ । 

    'नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ ' आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन् । 

    'हामीले चुनाव पहिले काठमाण्डौको फोहोरसम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हेर्‍यौँ । धेरै देशको व्यवस्थापन हेर्‍यौँ । पुराना, नयाँ प्रविधि हेर्‍यौँ ।

    नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ' उनले भनेका छन् । 

    त्यस्को कार्यान्वयनको तिर लाग्दा विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भएको उनको भनाइ छ । नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गरेको र सो कम्पनीलाई राज्यले संरक्षण गरेको उनको आरोप छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend