Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी


६, मंसिर २०८१
  • 101
    SHARES
  • रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

    काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।

    प्रहरी कार्यालय चितवनका अनुसार सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताहरुले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् ।

    सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रकम अवैध तरिकाले ल्याइएको पाइएको छ । सो सहारा सहकारी ठगी प्रकरणमा कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसमेत तानिएका छन् ।

    सहारा सहकारीका बचतकर्ताहरुले यसअघि नै जाहेरी दिएका थिए । अहिले १० जनाविरुद्ध पुरक जाहेरी दर्ता गराएका हुन् । लामिछाने र जोशी पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीमा ठगीमा अनुसन्धान भइरहेको छ ।

    रवि र छवि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत जोडिएका छन् । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend