लुम्बिनी । पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी आएका छन् ।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन् ।
मङ्सिर ४ गतेदेखि उक्त मन्दिरमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ ।