Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको चौथो जिल्ला अधिवेशन तथा तेश्रो महिला उद्यमी सम्मेलन सम्पन्न


१४, मंसिर २०८१
  • 254
    SHARES
  • नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको चौथो जिल्ला अधिवेशन तथा तेश्रो महिला उद्यमी सम्मेलन सम्पन्न

    गुल्मी । नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको चौथो जिल्ला अधिवेशन तथा तेश्रो महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ ।

    हुमराज गैरे (अशोक) को अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले आगामी तीन वर्षका लागि १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा सागिर मिया, उपाध्यक्षमा कमला भलामी, महासचिवमा बलहादुर कुँवर, कोषाध्यक्षमा बासुदेव ऐर सदस्यहरुमा महेन्द्र रायमाझी, गणेश मरासिनी, खगराज पोखरेल, प्रेम नेपाली, तारा पन्थी ज्ञवाली, खडगप्रसाद श्रेष्ठ, पवित्रा नेपाल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

    यसैगरी केन्द्रीय प्रतिनिधिमा वीरबहादुर कार्की, ललिता गौतम र धनिवश्यर गौतम र प्रदेश प्रतिनिधिमा हरिप्रसाद पोखरेल चयन हुनुभएको छ ।

    यस्तै महासंघ गुल्मीको चौथो जिल्ला अधिवेशन तथा तेश्रो महिला उद्यमी सम्मेलनबाट महिला उद्यमी समितिको अध्यक्षमा गंगादेवी पाण्डे निर्वाचित हुनुभएको छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा भागीरथा पौडेल, उपाध्यक्षमा उमा भट्टराई, महासचिवमा सनम थापा, कोषाध्यक्षमा जमुना न्यौपाने, सदस्यहरुमा श्यामकला भलामी, सुनिताकुमारी पुन, झुपा बगाले, र महिला उद्यमीतर्फ केन्द्रीय प्रतिनिधि कल्पना पन्थी, सरिता पन्थी तथा प्रदेश प्रतिनिधिमा अनिशा केसी र सीता आचार्य चयन हुनुभएको केन्द्रीय सदस्य वीरबहादुर कार्कीले जानकारी दिनुभयो ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय सदस्य वीरबहादुर कार्कीले सपथ ग्रहण गराउनुभएको थियो भने राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले मन्तब्य सहित बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यको औद्योगिक क्षेत्रको ९८ प्रतिशत क्षेत्र घरेलु तथा साना उद्योगले ओगटेको भन्दै मूलकभर अहिले झण्डै ६ लाख पाँच हजार साना उद्योगहरु राज्यको निकायमा आधिकारिक रुपमा दर्ता भएर राज्यप्रतिको उत्तरदायित्व निर्वाह गरिरहेको बताएका थिए ।

    उनीहरुले ८० करोड भन्दा बढी लगानी र करिब ३३ लाखलाई रोजगारी प्रदान गरेको अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको घरेलु तथा साना उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा उपेक्षा गरिरहेको गुनासो ब्यक्त गरेका थिए ।

    छाता संगठनको रुपमा रहेको महासंघको अपरिहार्यता अहिले पनि उत्तिकै रहेको भन्दै राष्ट्रको समृद्धिका लागि सबै उद्यमीहरु गोलबद्ध हुन आवश्यक रहेको कुरामा वक्ताहरुले जोड दिएका थिए ।

    हरिप्रसाद पोखरेलको अध्यक्षतामा सदरमुकाम तम्घासमा सम्पन्न भएको अधिवेशन तथा तेश्रो महिला उद्यमी सम्मेलनको उदघाटन सत्रमा प्रमुख अतिथि तथा केन्द्रीय सदस्य वीरबहादुर कार्की तथा प्रदेश महिला उद्यमी सदस्य अनिशा केसी, प्रदेश सदस्य धनिश्वर गौतम, गुल्मीका महिला उद्यमी समिति अध्यक्ष कल्पना पन्थी लगायतका वक्ताहरुले मन्तव्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव बलबहादुर कुँवरले गर्नुभएको थियो ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend