Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

संवैधानिक हकसमेत उपभोग गर्न नपाएको ओबीसी महासंघको गुनासो, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी


१४, मंसिर २०८१
  • 243
    SHARES
  • संवैधानिक हकसमेत उपभोग गर्न नपाएको ओबीसी महासंघको गुनासो, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

    काठमाडौं । नेपाल पीछडा वर्ग (ओबीसी) महासंघले उपेक्षित वर्गहरुका लागि संविधानमा सुनिश्चित भएको हकहरु पाउन नसकेको बताएको छ ।

    शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले शासकहरुले आफूहरुलाई बल्छीमा केही खाना दिएर माछा फसाएझैं फसाएको बताए ।

    ओबीसी महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले संविधान जारी भएपछि संविधानमा भएका हक अधिकार पनि पाउन पनि आफूहरुलाई मुस्किल भइरहेको बताए ।

    ‘२०७२ सालको संविधानमा पीछडा वर्ग, दलित, बादी समुदायलगायत उपेक्षित वर्गहरुको केही अधिकार लेखिएतापनि अहिले व्यवहारमा त्यो लागू छैन । जसरी माछालाई बल्छीमा केही खानेकुरा राखेर फसाइन्छ, त्यसैगरी हामी उत्पीडित समुदायहरुलाई लोभ दिएर आन्दोलनमा होमिन लगाए । संविधान जारी भएपछि संविधानमा भएका हक अधिकार पनि पाउन मुस्किल भइरहेको छ,’– उनले भने ।

    पत्रकार सम्मेलनमार्फत ओबीसीले आफ्ना ६ बुँदे मागहरु सार्वजनिक गरेको छ । पीछडा वर्ग महासंघ र सरकारबीच विभिन्न समयमा भएका सम्झौताहरु कार्यान्वयनका लागि उनीहरुले ध्यानाकार्षण गराएका छन् ।

    पीछडिएका समुदाय उत्थान विकास समितिमा नियुक्ति गरी कार्यक्रमहरु सुचारु गर्नुपर्ने, संविधानमा उल्लेख भएबमोजिम सम्पूर्ण निकायमा पीछडावर्गको लागि जनसंख्या आरक्षित गरिनुपर्ने उनीहरुको माग छ ।

    साथै, संवैधानिक रूपमै पीछडा वर्ग आयोग गठनका लागिसमेत माग गरिएको छ । आफूहरुको माग पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने ओबीसी महासंघको चेतावनी छ ।Obc-1-576x768.jpgObc-2-576x768.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend