Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काठमाडौं महानगरले कवाड व्यवसायीमाथि गरिरहेको ज्यादती तत्काल रोक्न माग


११, चैत २०८१
  • 118
    SHARES
  • काठमाडौं महानगरले कवाड व्यवसायीमाथि गरिरहेको ज्यादती तत्काल रोक्न माग

    काठमाडौं । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको ज्यादती तत्काल रोक्न माग गरेको छ ।

    आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले आफूहरुमाथि महानगरले गरिरहेको ज्यादती रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेको हो । आफूहरुमाथि भइरहेको ज्यादती नरोकिएको खण्डमा थप संघर्षका कदमहरु अगाडि बढाउने उनीहरुको चेतावनी छ ।

    महानगरले कवाड व्यवासायीहरुको व्यवसायस्थलमा डोजर आतङ्क मच्चाएको, तोडफोड गरेको, साईकल र समान जफत गरेको उनीहरुको आरोप छ । उनीहरुले आफूहरुको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरुको पनि ध्यानाकार्षण गराएका छन् ।

    कवाड व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि विहान ११ बजे महानगर घोर्ने बताए । डेढ वर्षदेखि आफूहरुले आन्दोलन गर्दा पनि नशाको धुनमा सुतिरहेका महानगरप्रमुख बालेन्द्र शाहले समस्याको कुनै समाधान नै नखोजेको बताए । नगरप्रहरीको दमनकै कारण मेयर बालेनको दुर्गति सुरु भइसकेको उनले बताए ।

    आम जनता पार्टीका प्रवक्तासमेत रहेका नेता चन्द्रभुषण साहले काठमाडौं महानगरले शक्ति केन्द्र र सिण्डिकेटधारी व्यवसायीको आडमा आम सर्वसाधारणले गरिरहेको पेशा व्यवसाय खोस्ने काम गरिरहेको बताए । अब कडाव व्यवसायीले पनि आफ्नो सुरक्षाका लागि दस्ता अगाडि सार्ने उनले चेतावनी दिए ।

    संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायतको सहभागिता रहेको थियो ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend