Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एलिजा गौतम “उत्कृष्ट महिला सञ्चार उद्यमी” अवार्डबाट सम्मानित


१४, चैत २०८१
  • 216
    SHARES
  • एलिजा गौतम “उत्कृष्ट महिला सञ्चार उद्यमी” अवार्डबाट सम्मानित

    काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम उत्कृष्ट सञ्चार उद्यमी महिलाबाट सम्मानित भएकी छिन् ।

    न्यूज एक्सप्रेस मिडियाद्धारा आयोजित राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८१ अन्तर्गत ‘उत्कृष्ट सञ्चार उद्यमी महिला’बाट गौतम सम्मानित भएकी हुन् ।

    उनले यो अवार्ड प्राप्त गरेसँगै थप जिम्मेवारी थपिएको उल्लेख गरेकी छिन् । उनले सम्मानित भएसँगै फेशबुकमा सफलताको मिठो स्वाद चाखेको स्पष्ट पारेकी छिन् । उनले आफू विनम्रता बोकेर महान कार्यको लागि महान यात्रामा हिँडिरहेको समेत बताएकी छन् । यस्तो गौतमको स्टाटस :

    “The taste of success is sweet”

    फेरि अर्को जिम्मेवारी थपिएको छ, निरन्तर कर्मको यात्रामा….

    प्रिय महानुभावहरूमाँझ आज अर्को खुशीको खबर साझा गर्न पाउँदा औधी खुशी छु । न्यूज एक्प्रेस मिडिया (NEWS EXPRESS MEDIA) द्धारा आयोजित राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८१ अन्तर्गत ‘उत्कृष्ट सञ्चार उद्यमी महिला’बाट सम्मानित हुन पाउँदा हर्षित छु । यो अवार्ड मैले प्रतिनिधिसभाको माननीय उपसभामुख इन्दिरा रानाज्यूको हातबाट ग्रहण गर्न पाएँ, यो मेरालागि अर्को सुखद् संयोग हो । भनिन्छ- ‘सफलताको स्वाद मिठो हुन्छ’। हो, मैले आज त्यही मिठो स्वाद चाखेको छु ।

    म त झुटको चमकभन्दापनि सत्यको मूल्य मन पराउँछु । कर्म नै मेरो धर्म हो । महान कर्मले मानिसलाई महान बनाउने हो । म विनम्रता बोकेर यो महानताको यात्रामा निस्किएको यात्री हुँ, गन्तव्य लामो छ । हरेक चूनौति पार गरेर जानुछ, सुख अनि दुःख दुवै मेरो जीवनका सारथी हुन । घमण्ड रत्तिभर छैन, मैले समयको सिमितता बुझेको छु ।

    यो अवार्ड प्राप्तिको खुशी साझा गर्दैगर्दा मैले आफ्नो व्यवसायिक जीवन (Professional Life) मा जिम्मेवारी थपिएको महशुस गरेको छु । दायित्वको दायरा फराकिलो भएको छ । यो पनि थाहा छ–प्रत्येक पाईला चूनौतिपूर्ण छन् । तर, मैले ती चूनौतिलाई अवसरमा बदल्ने अठोट बोकेकी छु । मेरो प्रण छ–म अरूभन्दा अलग हुनेछु, तर कहिल्यैपनि गलत हुनेछैन । सबैमा धेरै–धेरै सम्झना अनि हृदयभरिको मिठो माया । धन्यवाद ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend