Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बरिष्ठ पत्रकार सम्मान–२०८२ बाट पोख्रेल सम्मानित


२५, वैशाख २०८२
  • 196
    SHARES
  • बरिष्ठ पत्रकार सम्मान–२०८२ बाट पोख्रेल सम्मानित

    काठमाडौँ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बिपुल पोख्रेल बरिष्ठ पत्रकार सम्मान–२०८२ बाट सम्मानित भएका छन् ।

    राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधवार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले महासंघका निवर्तमान अध्यक्ष पोख्रेललाई सम्मान प्रदान गरेका थिए ।

    नेपाली पत्रकारिता क्षेत्रमा तीन दशक लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका पोख्रेल राष्ट्रियस्तरको प्रतिष्ठित ‘बरिष्ठ पत्रकार सम्मान–२०८२’ बाट सम्मानित भएका हुन ।

    बरिष्ठ पत्रकार उपाधिबाट सम्मानित पोख्रेलको पत्रकारिता यात्रा दाङबाट २०४९ सालदेखि प्रारम्भ भएको थियो । विभिन्न स्थानीय सञ्चार माध्यमसँगै राष्ट्रियस्तरका सञ्चार माध्यममा त्यो बेलादेखि जोडिएका पोख्रेलले २०५८ सालमा साविक मध्य तथा सुदुरपश्चिमकै पहिलो एमएफ रेडियो ‘रेडियो स्वर्गद्धारी एफएम’ मा सम्पादकीय नेतृत्व सम्हालेका थिए ।

    तत्कालिन सशस्त्र माओवादी युद्धको समयमा राज्य तथा विद्रोही पक्षबाट पीडित पत्रकारको उद्धारका लागि पोख्रेल विभिन्न मिसनको नेतृत्व गर्दै खटिएका थिए । २०५९ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भइसकेका पोख्रेल पत्रकार अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको अभियानमा सहभागी भएका थिए ।

    २०७४ सालमा नेपाल पत्रकार महासंघको बरिष्ठ केन्द्रीय उपाध्यक्षमा निर्वाचित पोख्रेल २०७७ मा नेपाली पत्रकारहरुको साझा सस्था नेपाल पत्रकार महासंघको नेतृत्वदायी अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

    नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पोख्रेलसँगै कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई बरिष्ठ पत्रकार सम्मान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पत्रकारीता पुरस्कार २०८१ बाट विमल गौतम बाग्लुङ, दिपेन्द्र श्रेष्ठ कास्की, लोग्शरी कुँवर कैलाली, दिपेन्द्र बान्तवा सङ्खुवासभा, डिल्लीराम खतिवडा उदयपुर र सागर पण्डित तनहुँलाई प्रदान गरिएको थियो ।

    patrakarita-samman-1024x681.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend