Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह


२७, जेठ २०८२
  • 186
    SHARES
  • महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरूलाई महानगरले आयोजना गरेको रोजगार मेलाको अवलोकन गर्न आग्रह गरेका छन् ।

    उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरू सिप मेलाका कक्षाहरूमा मिहिनेत गरेर सिप सिकिरहेको उल्लेख गर्दै उनले यसको अवलोकनको लागि आग्रह गरेका हुन् ।

    काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको छ । गएको आर्थिक वर्षबाट सुरु भएको मेला अहिले दोस्रो संस्करणमा चलिरहेको हो ।

    यसअन्तर्गत १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिइने प्रमुख शाहले जानकारी दिए । तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा  आबद्ध गराउने महानगरको लक्ष्य राखिएको छ ।

    शाह भन्छन्–'सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत सिप लिएकाहरूलाई दक्षता स्तरोन्नति गराउने  मेलाको लक्ष्य हो । १० वटा विधामा ३७ वटा पेसासँग सम्बन्धित तालिम पूर्ण निःशुल्क हुन् । मेलामा आइसीटी क्षेत्रका ७ वटा पेसा, श्रृङ्गार अर्थात् ब्युटिसियनसँग सम्बन्धित ५ वटा पेसाका  तालिम चलिरहेका छन् ।'

    मेलामा ज्योतिष र पुरोहित सम्बन्धी, कृषितर्फ फूलको सजावट (फ्लावर डेकोरेसन) र स्टक मार्केट सम्बन्धी तालिम चलिरहेका छन् । दोस्रो संस्करणका लागि अर्थात् यस वर्षको तालिमका लागि अहिलेसम्म १४ हजार ७४८ जनाले आवेदकले तालिमका लागि अनलाइनबाट निवेदन दिएका थिए । 

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend