Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’


५, चैत २०८०
  • 234
    SHARES
  • आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

    इलाम । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।  

    स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत जिल्लाका पर्यटक सिमसार र पोखरी र अलोलकन गर्न आउने गरेको सिमसार संरक्षण समितिका अध्यक्ष करसिंह राई बताउनुहुन्छ । पोखरीमा डुङ्गा सञ्चालन गरेपछि पर्यटक आउन थालेका उहाँले बताउनुभयो ।

    समितिले पोखरीमा दुईवटा डुङ्गाको व्यवस्था गरेको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुङ्गा चलाउन थालिएको समितिका अध्यक्ष राईले बताउनुभयो ।

    “पोखरीमा डुङ्गा चलाउन सुरु गरेसँगै यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ, अन्य ठाउँमा पोखरी सुक्दै गइरहेको भए पनि यो पोखरी दिनानुदिन फस्टाउँदै गएको छ”, अध्यक्ष राईले भन्नुभयो, “डुङ्गाबाट पोखरीको सबै क्षेत्र घुम्न सकिन्छ, यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने बढेका छन् ।” पर्यटक प्रतिव्यक्ति रु एक सयको टिकट काटेर नौका विहारमा रमाउने गरेका छन् ।

    तेह्रकुने सिमसार र पोखरी अवलोकनका लागि दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका स्थानीय  पर्वत राईले बताउनुभयो । “शनिबार र सार्वजनिक बिदाका अन्य दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गरेको छ, पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “सिजनको बेला वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।”

    तेह्रकुने सिमसार क्षेत्र पुग्ने सडक विस्तारसँगै पर्यटकलाई सहज भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तेह्रकुने सिमसार क्षेत्रलाई थप व्यवस्थित गरिने अध्यक्ष राईले बताउनुभयो । इलाम सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा पर्ने तेह्रकुने सिमसार क्षेत्र स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियाताका कारण आकर्षक गन्तव्यका रुपमा विकास भएको हो ।

    विगत एक दशकदेखि स्थानीयले संरक्षण गरेको सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ ।सिमसार क्षेत्र तीन सय रोपनी भएपनि पोखरी क्षेत्र भने एक सय रोपनीमा सीमित छ । नागबेलीजस्तो देखिने १३ वटा कुना भएकाले यसको नाम तेह्रकुने राखिएको अध्यक्ष राईले बताउनुभयो ।

    वरिपरिको हरियाली, डाँडाकाँडा र वनजङ्गलले पोखरीको सौन्दर्य थपेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ साँच्चै आकर्षक छ । विशेष गरी आदिवासी राई समुदायको बसोबास रहेको यो क्षेत्रमा उनीहरूको सांस्कृतिका बारेमा पनि जान्न सकिन्छ । 

  • दसैँमा चितवन निकुञ्जमा पर्यटकको घुइँचो, २० हजारभन्दा बढीले गरे सफारी

    चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ। असोज

  • नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै

    चितवन । भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले नेपालभारत

  • एबिसीतर्फ बढ्यो पर्यटकको चाप, दैनिक ३०० पर्यटक पुग्न थाले

    कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी)

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend