Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीको हङ्सपुरमा स्थानीयको अवरोधका कारण सबस्टेसनको काम अवरुद्ध


१२, जेठ २०८१
  • 1,331
    SHARES
  • अर्घाखाँचीको हङ्सपुरमा स्थानीयको अवरोधका कारण सबस्टेसनको काम अवरुद्ध

    सुर्य प्रसाद भुसाल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हङ्सपुरमा निर्माणको अन्तिम चरणमा पुगेको ३३ केभी सबस्टेसन केही स्थानीय ब्यक्तिहरुको अवरोधका कारण सम्पन्न हुन सकेको छैन ।

    निर्माण सम्पन्न भएको करिव दुई वर्ष भएपनि स्थानीय केही ब्यक्तिहरुले विवाद निकालेका कारण धेरै समयदेखि विवाद भएको र विवाद समधान गर्ने तर्फ जनप्रतिनिधिहरुले चासो नदिदा निर्माण सम्पन्न भएको सब स्टेसनमा ९ थान पोल गाड्ने विषयमा विवाद हुदा आयोजना अलपत्र परेको हो ।

    बिश्व बैंकको ऋण सहयोगमा नेपाल विधुत प्राधिकरणले ग्रिड सोलार इफिसियन्सि प्रोजेक्ट अन्तरगत सन २०१७ मा ठेक्का सम्झौता भई २०२२मा काम सम्पन्न गर्ने गरि कम्पनीले ठेक्का लिएको थियोे ।

    स्थानीय बासिले आफ्नो जग्गा नजिकबाट बिजुलीका तार लैजान तथा पोल गाडन नदिएपछि काम गर्न कठिनाइ भएको नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका सहायक प्रबन्धक प्रकाश राउतले बताए ।

    राउले अगाडि भने जग्गा र पोल गाड्ने बिषयमा धेरै नै बिबाद भयो त्यो कारणले काम पनि लक्ष्य अनुसार अगाडि बढन सकेन स्थानीय सङ्ग धेरै पटक छलफल गरियो स्थानीय जनप्रतिनिधि ले पनि धेरै मिहिनेत गर्नु भयो तर समस्या समधान हुन सकेको छैन आसा छ अब समस्या छिट्टै समधान हुने छ  ।

    उक्त ठाउमा सब स्टेसन निर्माण भएपछि अर्घाखाँची मालारानि बासिलाई बिधुत आपुर्तिमा ठुलो सहयोग हुने भएपनि स्थानीयले अनावश्यक बिबाद गर्दै आएकोले आफुले धेरै पटक पहल गरेको तर समस्या समधान हुन नसकेको वार्ड नम्बर ६ का वार्ड अध्यक्ष नारायण अर्यालले बताए  । 

    अर्घाखाँची मा अरु सब स्टेसन निर्माण भईसकेका छन अर्घाखाँची को यो सब स्टेसन को स्टकचर को काम पुर्ण रुपमा सम्पन्न भएको र अब पोल गाड्ने बिबाद समधान भएमा लाईन छिटो चार्ज हुने रावउतले बताए ।

    ३३ केभी बितरण लाईनमा स्थानीयले बिबाद निकाले को कारण  समस्या आएपछि पुर्व निर्धारित समय भन्दा काम ढिलो भएको निर्माणको जिम्मेवारी लिएको जयदुर्गे ईन्जिनियरिङ प्रालिका कार्यकारि निर्देशक वरिस्ठ निर्माण ब्यवसायी सागर लुईटेलले बताए ।

    लुईटेलले भने स्थानीयका कारण केही ढिला भएपनि हामी निरन्तर काममा लागि रहेका छौ परिणाम देखिने गरि काम गरेका छौ यो काम दुईबर्ष अगाडि नै सम्पन्न गर्ने थियौं केही ढिला भएको छ अब समस्या समधान हुनेमा हामी बिश्स्त छौ ।

    उनका अनुसार स्थानीयको माग अनुसार बिबादास्पद क्षेत्रमा कालो तार हाल्ने गरि तार खरिद समेत कम्पनीले गरिसकेको छ  स्थानीयसँग पटक पटक छलफल भएको भएपनि छलफल निष्कर्षमा पुग्न सकेको छैन । एटुजेट इन्फ्रा तथा जयदुर्गे ईन्जिनियर जेभिले सब स्टेसनको कामको जिम्मेवारी लिएको छ।

    स्थानीयका कारण सब स्टेसन निर्माणमा समस्या आएको जानकारी पत्रबाट प्राप्त गरेका छौ भोलि दिउँसो १ बजे बैठक राखिएको छ बैठकले यो समस्या समधान गर्ने जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाले बताए  ।

    कोईरालाले भने सरकारले लगानि गरेको करोडौंको लगानिमा स्थानियले अबरुद्ध गर्न मिल्दैन स्थानियको समस्या कुनै भए समधान गर्छौ तर सब स्टेसनका लागि पोलहरुबिबाद गर्ने ब्यक्तिको जग्गामा नपर्ने गरि बाटो को छेउमा गाडेर ल्याउछौ बिबाद भोलि नै समधान हुन्छ कोईरालाले दाबि गरे । 

    प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रिले पनि बिबाद समधान गरेर बिकास निर्माणका काम लाई निरन्तरता दिने  र अब बिबाद नहुने गरि अगाडि बढने बताए । 

    प्राधिकरणले नेपाल का विभिन्न ८ स्थानमा ३३ केभी प्रशारण लाईनका लागि ठेक्का सम्झौता गरेको थियोे हाल सम्म  अर्घाखाँचीको हङ्सपुर र सिन्धुलिको लाङटार बाहेक ६ स्थानमा निर्माण सम्पन्न भई सब स्टेसन चार्ज गरि स्थानीय बासिले सेवा लिएको आफुले जानकारी प्राप्त गरेको र अब यी ठाउमा पनि काम छिटो सम्पन्न गर्न निर्देशन दिएको नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend