Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रोनाल्डोको ३५औँ सन्तान जन्मियो


१६, जेठ २०८१
  • 319
    SHARES
  • रोनाल्डोको ३५औँ सन्तान जन्मियो

    भरतपुर - जङ्गली हात्ती रोनाल्डोको नयाँ सन्तान जन्मिएको छ।  

    हात्ती प्रजनन केन्द्र खोरसोरमा रोनाल्डोको ३५औँ सन्तान जन्मिएको हो। प्रजनन केन्द्रमा रहेको हिमालीकलीले गएराति  पोथी छावा जन्माएसँगै रोनाल्डोको सन्तान ३५ पुगेको हो।

    रोनाल्डोको ३४औँ सन्तान गत शनिवार राति कर्णालीकलीले छावालाई जन्म दिएकी थिई। 

    प्रजनन केन्द्रमा जन्मने अधिकांश छावाका बाबु रोनाल्डो हो। चितवनमा घरपालुवा भाले हात्ती प्रजनन क्रियाकलापमा सक्रिय नहुने हुँदा जंगली हात्तीको संसर्गबाट ढोईहरु गर्भवती हुने गरेका छन्। 

    केन्द्रका प्रमुख प्रमुख मनिपुरन चौधरीका अनुसार राति हिमाली कलीले जन्माएको छावा स्वास्थ्य छ।

    केन्द्रमा हात्तीको बच्चा जन्मनुलाई उत्सवका रूपमा लिइन्छ।  ढोई गर्भवती भएको २२ देखी २४ महिनामा छावा जन्माउने गर्दछन्। पोथी हात्ती गर्भवती भएपछि त्यस हात्तीलाई प्रजनन् केन्द्रमा ल्याएर स्यहार सुसार गर्नुका साथै भेली र चामलको खीर, चना लगायतका पोषिलो खाना खुवाउने गरिन्छ। 

    केन्द्रमा अहिलेसम्म ६४ वटा बच्चा जन्मिसेकेको छ।  जन्मिएका मध्ये ३५ वटा रोनाल्डोका सन्तान हुन्। यो वर्ष पनि केन्द्रमा थप ८ वटा ढोई गर्भवती छन्। 

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend